We are losing our listening. We spend roughly 60 percent of our communication time listening, but we're not very good at it. We retain just 25 percent of what we hear. Now -- not you, not this talk, but that is generally true.
हामी सुन्ने क्षमता गुमाउदैँ छौँ। हामी अन्दाजी ६० प्रतिशत समय सुनेर गर्ने सन्चारमा खर्च गर्छौँ। तर हामी यसमा त्यति पोख्त चाँहि छैनौँ। हामीले सुनेको २५ प्रतिशत मात्र लिन्छौँ। अहिले तपाईँहरु, यो प्रवचनलाई भनेको होइन है, तर साधारणतया यस्तै हुन्छ।
(Laughter)
ल हामी सुनाईलाई परिभाषित गरौँ
Let's define listening as making meaning from sound. It's a mental process, and it's a process of extraction.
ध्वनिको अर्थ बुझ्ने कामको रुपमा। यो एउटा दिमागी प्रक्रिया हो, र यो एउटा निचोडात्मक प्रक्रिया हो।
We use some pretty cool techniques to do this. One of them is pattern recognition. (Crowd noises) So in a cocktail party like this, if I say, "David, Sara, pay attention" -- some of you just sat up. We recognize patterns to distinguish noise from signal, and especially our name. Differencing is another technique we use. If I left this pink noise on for more than a couple of minutes, (Pink noise) you would literally cease to hear it. We listen to differences; we discount sounds that remain the same.
यसको लागि हामीले केही चाखलाग्दा तरिकाहरु प्रयोग गर्छौँ। यी मध्ये एउटा ढाँचा पहिचान हो, (भीडको हल्ला) यस्तो ककटेल पार्टीमा, यदि मैले, "डेभिड, सारा, यता सुन त," भन्दा केहि चुपचाप बस्नुहुन्छ। हामीले ढाँचालाई चिनेर हल्लाबाट चाहिएको सङ्केतलाई छुट्टयाउँछौँ, विशेषगरि आफ्नो नाम। फरक छुट्टयाउने अर्को तरिका हो। मैले यो ध्वनि केही मिनेटसम्म बजाइरहे भनेँ, तपाईँहरुले सुन्ने चेष्टा गर्नुहुन्न। हामी फरकलाई सुन्छौँ, अनि नफेरिने ध्वनिलाई छोड्दिन्छौँ।
And then there is a whole range of filters. These filters take us from all sound down to what we pay attention to. Most people are entirely unconscious of these filters. But they actually create our reality in a way, because they tell us what we're paying attention to right now. I'll give you one example of that. Intention is very important in sound, in listening. When I married my wife, I promised her I would listen to her every day as if for the first time. Now that's something I fall short of on a daily basis.
अनि धेरै प्रकारका फिल्टरहरु अाउँछन। यस्ता फिल्टरहरुले हामीलाई ठ्याक्कै त्यहाँ पुर्याउछन जुन कुरा हामी सुन्न खोजिरहेका हुन्छौँ। धेरै जनालाई यस्ता फिल्टरबारे थाहा नै हुदैँन। तर खासमा तिनीहरुले नै वास्तविकता देखाउँछन, किनभने यस्ता फिल्टरहरुले नै हामी कुन कुरामा ध्यान दिदैँ छौँ भन्ने बताउँछन्। म एउटा उदाहरण दिन्छु: सुन्नको लागि नियत पनि महत्वपुर्ण कुरा हो। जब मैले बिहे गरेँ, मैले वाचा गरेको थिएँ उनका कुरा सधैँ सुन्नेछु जिन्दगीमा पहिलो पटक। र अहिले म सधैँ यो कुरा पुरा गर्न सकेको छैन।
(Laughter)
(हाँसो)
But it's a great intention to have in a relationship.
तर यस्तो अभिप्राय राख्नु सम्बन्धमा राम्रो हुन्छ।
(Laughter)
तर यो पनि सबै होइन।
But that's not all. Sound places us in space and in time. If you close your eyes right now in this room, you're aware of the size of the room from the reverberation and the bouncing of the sound off the surfaces; you're aware of how many people are around you, because of the micro-noises you're receiving. And sound places us in time as well, because sound always has time embedded in it. In fact, I would suggest that our listening is the main way that we experience the flow of time from past to future. So, "Sonority is time and meaning" -- a great quote.
ध्वनिले नै हामीलाई स्पेस(स्थान) र समयमा स्थापित गराउँछ। यदि तपाईले अहिले यो कोठामा आँखा बन्द गर्नुभयो भने पनि तपाईँले यो कोठाको साइज अनुमान लगाउन सक्नुहुन्छ प्रतिध्वनिबाट र भित्ताहरुबाट फर्केको आवाज सुनेर। र यहाँ कति मान्छे छन भन्ने पनि अनुमान लगाउन सकिन्छ किनभन्दा सानासाना आवाजहरु तपाईँहरु सुनिरहनुभएको छ। अनि ध्वनिले हामीलाई समयमा राख्छ, किनभन्दा ध्वनिमा सधैँ समय पनि समाहित हुन्छ। खासमा, म के भन्न रुचाउँछु भने सुनाई नै प्रमुख कुरा हो जसबाट हामी समयलाई अनुभव गर्छौँ विगतदेखि भविष्यसम्म। त्यसैले "ध्वन्यात्मकता नै समय र अर्थ हो(Sonority is time and meaningJean-Luc Nancy)" -- एउटा राम्रो उद्गार।
I said at the beginning, we're losing our listening. Why did I say that? Well, there are a lot of reasons for this. First of all, we invented ways of recording -- first writing, then audio recording and now video recording as well. The premium on accurate and careful listening has simply disappeared. Secondly, the world is now so noisy, (Noise) with this cacophony going on visually and auditorily, it's just hard to listen; it's tiring to listen. Many people take refuge in headphones, but they turn big, public spaces like this, shared soundscapes, into millions of tiny, little personal sound bubbles. In this scenario, nobody's listening to anybody.
मैले सुरुमा नै भनेको थिएँ, हामीहरु सुन्ने क्षमता गुमाउँदै छौँ। मैले किन त्यस्तो भनेँ त? त्यसको पछाडि धेरै कारणहरु छन्। पहिलो, हामीले रेकर्डिङ प्रविधि पत्ता लगायौँ-- पहिले लेखाई, त्यसपछि ध्वनि रेकर्डिङ अनि अहिले भिडियो रेकर्डिङ। जुन ध्यान र शुध्द सुन्ने प्रयास गरिन्थ्यो त्यो सजिलो हराएर गयो। दोस्रो, संसार धेरै कोलाहलमय छ, (हल्ला) यस्ता कर्कश हल्लाहरु भइरहेछन, श्रव्य र दृश्य दुवैमा, अनि सुन्न गार्हो हुदै छ, अनि सुन्दैमा थाकिने भइसक्यो। धेरै मानिसहरुले हेडफोन प्रयोग गर्छन, तर त्यसले पनि ठुला, सार्वजनिक स्थल, जस्तै यहाँ, यी साझा ध्वनिहरु, लाखौँ, साना, मसिना व्यक्तिगत ध्वनिवृत्तमा परिवर्तन हुन्छन्। यस्तो परिदृश्यमा, कसैले कसैलाई सुनेको हुदैँन।
We're becoming impatient. We don't want oratory anymore; we want sound bites. And the art of conversation is being replaced -- dangerously, I think -- by personal broadcasting. I don't know how much listening there is in this conversation, which is sadly very common, especially in the UK. We're becoming desensitized. Our media have to scream at us with these kinds of headlines in order to get our attention. And that means it's harder for us to pay attention to the quiet, the subtle, the understated.
हामीहरु अधैर्य बन्दै छौँ। हामीलाई वक्तृत्व मन पर्दैन, चाखलाग्दो बयान मन पर्छ। साथै कुराकानीको कला प्रतिस्थापित हुदैँ छ-- खतरनाक रुपमा, मेरो विचारमा-- व्यक्त्तिगत सन्चारले। म भन्न सक्दिन यो प्रवचनमा कतिको सुनिएको छ, दुखद कुरा यो सर्वत्र छ, खासगरि संयुक्त अधिराज्यमा। हामीहरु कम संवेदनशील हुदैँ छौँ। हाम्रा मिडियाहरु कराउनै पर्छ हेडलाइनहरु तिर हाम्रो ध्यान तान्न। र यसले के बताउँछ भने हाम्रो ध्यान पुग्दैन साना, मसिना, अनि कम चर्चा गरिएकामा।
This is a serious problem that we're losing our listening. This is not trivial, because listening is our access to understanding. Conscious listening always creates understanding, and only without conscious listening can these things happen. A world where we don't listen to each other at all is a very scary place indeed. So I'd like to share with you five simple exercises, tools you can take away with you, to improve your own conscious listening. Would you like that?
यो गम्भिर समस्या हो कि हामी सुन्ने क्षमता गुमाउदैँ छौँ। यो साधारण हुदैँ होइन। किनभने सुनाई हाम्रो बुझाईको ढोका हो। सचेत सुनाईले सधैँ बुझाईलाई सघाउँछ। र सचेत सुनाई बिना यस्ता कुरा हुन सक्छन-- एउटा यस्तो संसार जहाँ एउटाले अर्कोलाई सुन्दैन, पक्कै पनि डरलाग्दो ठाउँ हुनेछ। त्यसैले म के कुरा बाँड्न चाहन्छु भने पाँच साधारण अभ्यासहरु, साधनहरु जुन तपाईँ सगैँ लिएर जहाँ पनि पुग्न सक्नुहुन्छ, आफ्नो सचेत सुनाईलाई सुधार्न। के तपाईँहरु यो चाहनुहुन्छ?
Audience: Yes!
(श्रोताहरु : हजुर) राम्रो।
Good. The first one is silence. Just three minutes a day of silence is a wonderful exercise to reset your ears and to recalibrate, so that you can hear the quiet again. If you can't get absolute silence, go for quiet, that's absolutely fine.
पहिलो हो शान्ति। दिनमा तीन मिनेट (शान्तिमा)मौन बस्नु एउटा राम्रो अभ्यास हो जसले तपाईँका कानलाई जाँचेर पहिलेकै अवस्थामा पुर्याउँछ अनि तपाईँले पहिले जस्तै सुन्न सक्नुहुन्छ। यदि पुर्ण शान्ति मिल्दैन भने चुपचाप भए पनि हुन्छ।
Second, I call this "the mixer." (Noise) So even if you're in a noisy environment like this -- and we all spend a lot of time in places like this -- listen in the coffee bar to how many channels of sound can I hear? How many individual channels in that mix am I listening to? You can do it in a beautiful place as well, like in a lake. How many birds am I hearing? Where are they? Where are those ripples? It's a great exercise for improving the quality of your listening.
दोस्रो, म यसलाई मिक्सर भन्छु। (हल्ला) यदि यस्तो कोलाहलमय वातावरणमा तपाईँ पर्नुभयो भने-- र हामी सबैजसोले धेरैजसो समय यस्तै हल्लामा बस्छौँ -- कफि बार सुनौँ कति च्यानलहरु मैले सुन्न सक्छु त? ती मध्ये कति च्यानललाई मैले खासमा सुनिरहेको हुन्छु? तपाईँले यो सुन्दर ठाउँमा पनि गर्न सक्नुहुन्छ, जस्तै तालको छेउछाउमा। कति चराको आवाज म सुन्न सक्छु? तिनीहरु कहाँ छन? अनि त्यो छाल नि? यो एउटा राम्रो अभ्यास हो सुन्ने क्षमताको गुणस्तर बढाउनको लागि।
Third, this exercise I call "savoring," and this is a beautiful exercise. It's about enjoying mundane sounds. This, for example, is my tumble dryer.
तेस्रो, यो अभ्यासलाई म रमाउनु भन्छु, र यो एउटा सुन्दर अभ्यास हो। यो साधारण आवाजहरुमा नै रमाउनुसित सम्बन्धित छ। ल, उदाहरणको लागि, मेरो सुकाउने मेसिनलाई लिउँ।
(Dryer)
(ड्रायरको आवाज) यो वाल्ट्ज सङ्गीत हो।
It's a waltz -- one, two, three; one, two, three; one, two, three. I love it! Or just try this one on for size.
एक, दुइ, तीन।एक, दुइ, तीन।एक, दुइ, तीन। मलाई यो मन पर्छ। अथवा यो पो विचार गर्ने कि?
(Coffee grinder)
(कफि पिस्ने )
Wow! So, mundane sounds can be really interesting -- if you pay attention. I call that the "hidden choir" -- it's around us all the time.
आहा! यस्ता साधारण ध्वनिहरु पनि रोचक हुन्छन ध्यान दिने हो भने। म यसलाई अदृश्य वाद्य भन्छु। यस्ता ध्वनि सधैँ हाम्रो वरिपरि भेटिन्छन।
The next exercise is probably the most important of all of these, if you just take one thing away. This is listening positions -- the idea that you can move your listening position to what's appropriate to what you're listening to. This is playing with those filters. Remember I gave you those filters? It's starting to play with them as levers, to get conscious about them and to move to different places. These are just some of the listening positions, or scales of listening positions, that you can use. There are many. Have fun with that. It's very exciting.
अर्को अभ्यास जुन सबैभन्दा महत्वपुर्ण हुन पनि सक्छ, जब तपाईँले एउटा कुरा छोड्नुहुन्छ। त्यो सुन्ने अवस्था वा आसन हो -- मुल कुरा के भने तपाईँले आफ्नो सुन्ने आसन वा अवस्था परिवर्तन गर्ने जबसम्म उचित सुन्ने अवस्थामा पुगिदैँन। यो पनि ती फिल्टरहरुसँग नै खेल्ने हो। तपाईँलाई याद छ नि, मैले सुरुमा तपाईहरुलाई फिल्टर दिएको थिएँ। अब यसको खेल सुरु भयो तिनिहरुलाई लिभर जस्तो गरेर तिनीहरुबारे सचेत हुने र फरकफरक ठाउँमा सारेर हेर्ने। यी केही सुन्ने अवस्था वा आसनहरु हुन, जुन तपाईँहरु प्रयोग गर्न सक्नुहुन्छ। यस्ता धेरै छन। यसमा रमाउनुस। यो रोचक पनि छ।
And finally, an acronym. You can use this in listening, in communication. If you're in any one of those roles -- and I think that probably is everybody who's listening to this talk -- the acronym is RASA, which is the Sanskrit word for "juice" or "essence." And RASA stands for "Receive," which means pay attention to the person; "Appreciate," making little noises like "hmm," "oh," "OK"; "Summarize" -- the word "so" is very important in communication; and "Ask," ask questions afterwards.
अनि अन्तिममा एउटा संक्षेप है। तपाईँले यसलाई सुनाईमा वा सन्चारमा प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईँ यस्तो रोलमा हुनुहुन्छ भने -- र मलाई लाग्छ सबैजसो जो यो प्रवचन सुन्दै हुनहुन्छ -- यो संक्षेप हो 'रस'।(RASA) जुन एउटा संस्कृत शब्द हो रस वा सारको लागि। अब 'रस' को पुरा रुप हुन्छ पाउनु (Receive) अर्थात स्रोत तिर ध्यान दिएर केहि पाउनु, सराहना गर्नु (Appreciate), सानो आवाज निकाल्नु जस्तै अँ, ओहो, ठिक छ, सारांश निकाल्नु (Summarize), "त्यसैले" भन्ने शब्द सन्चारमा धेरै महत्वपुर्ण छ, अनि सोध्नु(Ask), पछि प्रश्न सोध्ने।
Now sound is my passion, it's my life. I wrote a whole book about it. So I live to listen. That's too much to ask for most people. But I believe that every human being needs to listen consciously in order to live fully -- connected in space and in time to the physical world around us, connected in understanding to each other, not to mention spiritually connected, because every spiritual path I know of has listening and contemplation at its heart.
अहिले आवाज नै मेरो लागि उत्साह हो, यो नै मेरो जिवन हो। मैले यसकै बारेमा किताब लेखिसकेँ। त्यसैले म सुन्नकै लागि बाँच्छु। यो अति नै धेरै हुन सक्छ कति मानिसहरुको लागि। तर म के मा विश्वास गर्छु भने मान्छेले सचेत भएर सुन्नुपर्छ पुरा जिवन जिउनलाई-- स्थान (space) र समयमा जोडिन हाम्रो वरपरको भौतिक संसारसँग, एक अर्काको बुझाइलाई जोड्न, आध्यात्मिक संयोजनको कुरै नगरौँ, किनकि मैले थाहा पाएको आध्यात्मिक मार्गमा सुनाइ र यसको मनन नै केन्द्रमा रहेको छ।
That's why we need to teach listening in our schools as a skill. Why is it not taught? It's crazy. And if we can teach listening in our schools, we can take our listening off that slippery slope to that dangerous, scary world that I talked about, and move it to a place where everybody is consciously listening all the time, or at least capable of doing it.
त्यसैले हाम्रा स्कुलहरुमा सुन्न सिकाइनु पर्छ एउटा सीपको रुपमा। यो किन गरिदैनँ? अनौठो छ। यदि हामीले सुनाइलाई स्कुलमा सिकाइयो भने, हाम्रो सुनाइलाई भिरालो धरापबाट खतरनाक संसारमा ल्याउन सक्छौँ जसको बारेमा मैले कुरा गरेँ र त्यहाँ लैजान सक्छौँ जहाँ सबै सचेत भएर सुनिरहेका हुनेछन -- अथवा कम्तिमा यसको लागि तयार हुनेछन।
Now, I don't know how to do that, but this is TED, and I think the TED community is capable of anything. So I invite you to connect with me, connect with each other, take this mission out. And let's get listening taught in schools, and transform the world in one generation to a conscious, listening world -- a world of connection, a world of understanding and a world of peace.
अहिले त्यो कसरी होला भन्न सकिदैँन, तर यो TED हो, र मलाई लाग्छ TED समुदाय जे गर्न पनि सक्षम छ। त्यसैले म तपाईँलाई मसँग सम्पर्क गर्न निम्त्याउँछु, र सबैसँग सम्पर्कमा रहनको लागि, यो कार्यलाई सबैतिर पुर्याउनुहोस अनि स्कुलमा पनि सुनाइ सिकाइयोस, जसले संसारलाई यस्तो पुस्तामा रुपान्तरण गरोस जुन सचेत सुनाइ सहितको हुनेछ -- संचार सम्पर्कको संसार, बुझाइको अनि शान्तिको संसार। मलाई आज सुनिदिनु भएकोमा धन्यवाद।
Thank you for listening to me today.
(ताली)
(Applause)